Follow us: Youtube Android App
थपिँदै ८११ मेगावाट, स्वदेशी उत्पादन बढ्ने भएपछि विद्युत् आयात घट्ने
११ मंसिर २०७९

काठमाडौँ, मङ्सिर ११ गते । चालू आर्थिक वर्ष नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा ४७ नयाँ विद्युत् आयोजना थपिने भएका छन् ।

विद्युत् विकास विभागमा पेस गरिएको व्यावसायिक उत्पादनको तालिकाअनुसार चालू आर्थिक वर्षको अहिलेसम्म १० वटा आयोजनाले विद्युत् उत्पादन थालिसकेका छन् । कात्तिक मसान्तभित्र थपिएको यी १० आयोजनाले १२७.६८ मेगावाट उत्पादन थालिसकेका हुन् ।

उत्पादन थालिसकेका यी १० र यसै वर्षभित्र उत्पादन सुरु गर्ने तयारी गरिरहेका ४७ गरी चालू आर्थिक वर्षमा ५७ वटा विद्युत् आयोजनाको ८११.८६ मेगावाट विद्युत् प्रणालीमा आबद्ध हुने देखिएको छ । यीमध्ये तीन सौर्य विद्युत् आयोजना हुन् भने बाँकी जलप्रवाही जलविद्युत् आयोजना छन् । मङ्सिर लागेसँगै २५ मेगावाटको  अप्पर दोर्दीले पनि परीक्षण उत्पादन सुरु गरेको छ । यसबाहेक बागलुङको कालङ्गा (१५ मेगावाट), पर्वतको मध्यमोदी (१८ मेगावाट) र सोलुखुम्बुको मध्य सोलुखोला (नौ मेगावाट)ले यही महिना परीक्षण उत्पादन गर्ने भएका छन् ...

समाचार स्रोत :