Follow us: Youtube Android App
अभियुक्त ‘माननीय’
१४ मंसिर २०७९

काठमाडौँ‚ जनकपुर — चोरी, ठगी, भ्रष्टाचार र हत्या । कानुनविरुद्ध जघन्य अपराधमा मुद्दा खेपिरहेका र जेलसमेत परिसकेका व्यक्तिहरू पनि कानुन निर्माणको सर्वोच्च थलो संसद्को सदस्यमा निर्वाचित भएका छन् । सुशासन प्रत्याभूत गर्ने प्रतिबद्धतासहित प्रतिस्पर्धामा उत्रिएका मूलधारकै दलले फौजदारी र नैतिक पतन देखिने अभियोग लागेका व्यक्तिलाई अघि सारेर लोकतन्त्र र कानुनी राजलाई चुनौती दिएका छन् ।
फरार अभियुक्त लक्ष्मी महतो कोइरी महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि निर्वाचन अधिकृत गुणराज श्रेष्ठबाट प्रमाणपत्र लिँदै वारेस मिथिलेश यादव (दायाँ) ।

२०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी–लेखेटी हत्या गरेको आरोपमा लक्ष्मी महतो कोइरी अहिले पनि फरार सूचीमा छन् । तर, निर्वाचनको मुखमा जसपा छाडेर एमाले प्रवेश गरेलगत्तै उनी महोत्तरी–१ बाट ‘सूर्य चिह्नवाहक’ उम्मेदवार बने । सिट बाँडफाँट गर्दा महोत्तरी–१ एमालेको भागमा परेपछि कोइरी एमाले नै प्रवेश गरेर चुनाव लडेका हुन् । गठबन्धनको सहयोगीका रूपमा जसपाको समेत समर्थनमा उनी विजयी भएका छन् ।

संविधान जारी हुनुअघि मधेसमा सुरु भएको आन्दोलनमा सुरक्षार्थ खटिएका विकको हत्या कोइरीकै योजनामा भएको अभियोग छ । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । घटनापछि थमनका दाजु प्रेमबहादुरले कोइरीसहित २८ जनाको नाम किटेर जाहेरी दिएका थिए ...

समाचार स्रोत :