Follow us: Youtube Android App
प्रधानमन्त्री बन्न कांग्रेसमा रस्साकस्सी
१४ मंसिर २०७९

काठमाडौं : कांग्रेसबाट प्रधानमन्त्री बन्न आकांक्षा देखाउने ६ नेताले चुनाव जितेका छन्। जो संसदीय दलका नेता बन्ने दौडमा जुट्न थालेका छन्। संविधानको धारा ७६ (१)मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र उनकै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ।

पार्टी सभापति शेरबहादुर देउवा, नेताहरू रामचन्द्र  पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइराला र महामन्त्री गगनकुमार थापा मुख्य आकांक्षी देखिएका छन्। जसमध्ये पार्टीमा पकड भएका र टिकट वितरणमा अधिकांश आफू पक्षका नेता चयन गरेका देउवाको सम्भावना बलियो देखिन्छ।

प्रधानमन्त्री र पार्टी सभापति भएका कारण पनि देउवालाई नै पुनः प्रधानमन्त्री बन्न सहज हुने बताउँछन् राजनीतिक विश्लेषक पुरञ्जन आचार्य। त्यसपछिको बलियो संभावना भएका नेता हुन् डा. शेखर कोइराला। तर, उनी यो विषयमा बोलेका छैनन्। मोरङमा भएको बिजय जुलुसलाई सम्बोधन गर्दै उनले संसदीय दलका नेतामा दाबी गर्ने या नगर्ने विषयमा निर्वाचनको पूर्णनतिजा नआइञ्जेल केही नबोल्ने बताए। उनले सञ्चारकर्मीसँग भने, ‘नतिजा आइसकेको छैन। समानुपातिकको पूर्णनतिजा आइसकोस् अनि पार्टीभित्र र सभापतिज्यूसँग बसेर यस विषयमा कुरा हुन्छ ...

समाचार स्रोत :