Follow us: Youtube Android App
एमालेसँग सहकार्य गर्न माओवादी र नेकपा एस अनिच्छुक
१४ मंसिर २०७९

काठमाडौं । आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा नआउँदै तीन ठूला कम्युनिस्ट पार्टी मिलेर साना मधेसवादीसहित अन्य दल मिलाएर सरकार बनाउने प्रयास भए पनि सम्भव देखिएको छैन ।

नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस मिलेर सरकार गठन प्रयास भए पनि माओवादी र एकीकृत समाजवादी ‘यथास्थितिमा त्यो सम्भव नभएको’ निष्कर्षमा पुगेका छन् ।

चुनावी परिणाम पूर्ण रूपमा नआउँदै गत ८ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोनमार्फत ‘आगामी दिन मिलेर अघि बढ्न’ प्रस्ताव गरे । प्र्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुभकामना साटासाट गरेका प्रचण्डले ‘आगामी दिन मिलेर जाने ओलीले प्रस्ताव गरे पनि’ ठोस जवाफ भने दिएनन् । ओलीले ‘तिक्तता बढ्दा धेरै टाढा पुगिएछ,’ भन्दै ‘अब मिलेर जाने’ प्रस्ताव गरेका थिए ...

समाचार स्रोत :