Follow us: Youtube Android App
अहिलेसम्म ६२ वटा शव निकालियो : नेपाली सेना
१ माघ २०७९

काठमाडौं । पोखरामा विमान दुर्घटनास्थलबाट अहिले (आइतबार दिउँसो ४ बजे)सम्ममा ६२ वटा शव निकालिएको छ ।

नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले  अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन्

उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै छ र ती शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने छ ...

समाचार स्रोत :