Follow us: Youtube Android App
शक्तिमा कांग्रेसलाई जोड्न खोज्दै प्रधानमन्त्री
३ माघ २०७९

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सहकार्यमा कांग्रेसलाई समेत जोड्ने पहल सुरु गरेका छन् । प्रधानमन्त्री पद गुमाएको कांग्रेसले राष्ट्रपतिमा अपेक्षा गरेको छ भने आफूलाई विश्वासको मत दिएका दलहरूको सरोकारलाई ‘सम्मान’ गर्न दाहालले मंगलबार सर्वदलीय बैठक गर्दै छन्, प्रधानमन्त्रीको पहलप्रति प्रमुख साझेदार एमाले भने असहज छ ।

सभामुखको निर्वाचन सम्मुखमै प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका हुन् । बिहीबार हुने निर्वाचनका लागि बुधबार मनोनयन गर्ने कार्यतालिका छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिने/नदिने निर्णय सर्वदलीय बैठकपछि मात्रै लिनुपर्ने बताएका छन् । नेताहरूका अनुसार शक्ति बाँडफाँटमा सर्वदलीय बैठकपछि मात्र संकेत मिल्न सक्ने विश्वासमा देउवा छन् ।

१० पुसको समझदारीअनुसार राष्ट्रपति पाउनेमा एमाले निश्चित भए पनि देउवा राष्ट्रपति पद कांग्रेसमा आउनेमा आशावादी छन् । यही पृष्ठभूमि बनाउन कांग्रेसले पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो । त्यसको अघिल्लो साँझ कांग्रेस सभापति देउवालाई भेट्न दाहाल धुम्बाराही पुगेका थिए । त्यहाँ दाहालले राष्ट्रपतिमा समर्थन जनाउने संकेत गरेको कांग्रेस नेताहरूको भनाइ छ ...

समाचार स्रोत :