Follow us: Youtube Android App
काठमाडौंले पनि बचाउन सकेन आगोमा परेका राउटेलाई
५ माघ २०७९

काठमाडौं : बुधबार दिउँसोको २ बज्न लागेको थियो। राष्ट्रिय ट्रमा सेन्टरबाट साइरन बजाउँदै एउटा एम्बुलेन्स निस्कियो। सो एम्बुलेन्समा अन्तिम श्वास फेर्दै थिए राउटे समुदायका ३३ वर्षीय नारायण शाही। उनैलाई लिएर एम्बुलेन्स दैलेखतर्फ हुइँकियो। नारायणका बुबा मैनबहादुर भन्दै थिए, ‘छोरोले बोलेको मेरा कानले सुन्याँ छैन। यसो गरी अस्पताल बसी के गर्नु र ? काठमाडौंमा खतम भयो भन्या त उसको ममी दुनिलेले छोरो हेर्नै पाउँदैन। त्यही भएर लिएर घर हिँडेको।’

अस्पतालबाट निस्किएको केही समयमा नै नारायणले अन्तिम श्वास फेरे। नागढुंगा नपुग्दै उनको निधन भएको थियो। दैलेखबाट छोरा बचाउन काठमाडौं आएका बुबा मैनबहादुरको न सपना पूरा भयो, न त नारायणलाई जीवित भट्ने आमाको इच्छा नै। छोरा बचाउन जंगलको सानो झुप्रोबाट सहरको ठूलो अस्पताल आउँदा पनि मैनबहादुरले सकेनन्। मन गरुँगो पार्दै उनले छोराको शव लिएर गाउँसम्मको यात्रा गरे।

राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानका सचिवकुमार ओझा भन्छन्, ‘नारायणलाई बचाउन जहाजबाट हतार हतार गरेर ल्यायौं। तर, सकिएन। शरीरका मुख्य भागमा धेरै असर गरेकाले उपचार गर्न गाह्रो भएको थियो।’ अस्पतालबाट निकालेको एक घण्टा पनि नहुँदै उनको निधन भएको उनले बताए ...

समाचार स्रोत :