Follow us: Youtube Android App
आखिर के हो सांसद कोइरीमाथिको अभियोग ?
११ माघ २०७९

धनुषा — एमाले सांसद लक्ष्मी महतो कोइरीप्रति सरकारमात्र होइन, अदालत पनि उदार बनेको छ । आन्दोलनकारीको कुटपिटबाट घाइते प्रहरी असई थमन विकलाई एम्बुलेन्सबाट निकालेर खेतमा लखेटी–लखेटी मारेको अभियोग लागेका महतोको मुद्दाको पेसी २३ पटक सरेको छ । यहीबीचमा फरार सूचीमा रहेका उनी चुनाव जितेर संसद् आइपुगेका छन् ।

०७२ मा जारी हुन लागेको संविधानका विषयवस्तुमा असहमत हुँदै मधेसमा आन्दोलन भइरहेको थियो । आन्दोलन नियन्त्रण गर्न प्रशासनले जिल्ला–जिल्लामा कर्फ्यु पनि लगाएको थियो । यहीबीच भदौ २५ मा जलेश्वर चोकमा भीडको घेराउमा परेका थमनलाई कुटपिट गरिएको थियो । उनलाई उपचारका लागि जनकपुर लग्दै गर्दा झन् ठूलो समूहले घेरेर खेतमै हत्या गरेको थियो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा दरबन्दी भएका ३८ वर्षीय असई थमन जलेश्वरमा कार्यरत थिए । मधेसमा आन्दोलन जारी रहेकाले वस्तुस्थिति बुझ्न आदेश भएअनुसार उनी भदौ २५ बिहान ८ः३० जलेश्वर बजारतर्फ गएका थिए । तर, बजारमा जम्मा भएको भीड थमनमाथि जाई लागेको थियो ...

समाचार स्रोत :