काठमाडौं। निर्वाचनसम्म गठबन्धन गरेको दल नेपाली कांग्रेसले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि एमालेलगायतका दलको सहयोगमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड र प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरप्राइज दिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दैनिकजसो भेटवार्ता हुने गरेको छ।
ओली प्राय प्रधानमन्त्री निवास बालुवाटार पुग्छन् भने कहिले काँही प्रचण्ड आफैं बालकोट पुग्दै आएका छन्। उनीहरुबीचको भेटको मुख्य उद्देश्य एकअर्काप्रति विश्वासको वातावरण बनाउनु हो। अझ नजिकिँदो राष्ट्रपति निर्वाचनले प्रचण्ड र ओलीबीचको भेट बाक्लिने छ भने अविश्वासको दूरी झन् बढ्नै जाने निश्चित छ।
गठबन्धन जोगाउन नसक्दा राज्य सत्तामा आफूले ठूलो क्षति व्यहोर्नु परेको बुझेको कांग्रेसले पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि प्रचण्ड र ओलीबीच अविश्वास पैदा भएको हो...