काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको अन्तिम दिन आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ ग्रहण गर्नुभयो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको हो ।
उहाँ सोमबार शीतल निवासबाट आफ्नो निवासमा सर्नुहुनेछ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ ।
प्रथम राष्ट्रपति डा. रामवरण यादव झन्डै आठ वर्ष र राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो र तेस्रो कार्यकालका लागि सात वर्ष गरी १५ वर्ष राष्ट्र प्रमुखको दायित्वमा रहनुभयो । १५ वर्षसम्म राष्ट्रपति संस्था, राष्ट्रपतिमा आउनुभएका दुई जनाको भूमिकाबारे प्रशंसा र आलोचना हुँदै आएका छन् ...