Follow us: Youtube Android App
३ वर्षमा आधा सकिएको नागढुंगा सुरुङ १४ महिनामा पूरा होला ?
३० फागुन २०७९

काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङमार्गको सुरु ठेक्का सम्झौताअनुसार काम नसकिएपछि एक वर्ष म्याद थपिएको छ । ठेक्का सम्झौता सकिनै लाग्दा काम नसकिने देखिएपछि ०८१ वैशाख १२ सम्म म्याद थपिएको हो । निर्माण थालेको तीन वर्षमा भौतिक प्रगति ५०.१५ प्रतिशत मात्र पुगेको छ । सुरु ठेक्का सम्झौताअनुसारको म्याद ०८० वैशाखसम्म मात्र थियो ।

आयोजनाले द्रुत गतिमा काम भइरहेको दाबी गर्दै आए पनि काठमाडौंतर्फ मुआब्जा वितरण गर्न नसक्दा कामले गति लिन नसकेको हो । तोकिएको समयमा काम नसकिने भएरै म्याद थपिएको नागढुंगा–सिस्ने खोला सुरुङ आयोजनाका उपआयोजना निर्देशक माधवप्रसाद अधिकारीले बताए । ‘अहिलेसम्म प्रगति ५० प्रतिशत छ, बाँकी समयभित्र काम सक्ने अवस्था थिएन,’ उनले भने, ‘सरकारले समयमै काम नसकिएका आयोजनाको म्याद एक वर्ष थप्ने निर्णय गरेअनुसार नै यसको पनि थपिएको हो ।’ सुरु ठेक्का सम्झौताअनुसार यसको काम ४२ महिनाभित्र सक्नुपर्ने हो । तर समय सकिन दुई महिना बाँकी छ ।

काठमाडौंको बलम्बु क्षेत्रमा पर्ने घरका लागि २ करोड ३० लाख र जग्गाको मुआब्जा २३ करोड ५० लाख रुपैयाँ वितरण गर्न बाँकी छ । यसका लागि अर्थ मन्त्रालयसँग रकम निकासा माग गरिएको अधिकारीले बताए । ‘घरको क्षतिपूर्ति र मुआब्जा दिन रकम माग गरिएको छ,’ उनले भने, ‘अहिलेसम्म पैसा नआउँदा कामलाई निरन्तर रूपमा अघि बढाउन केही समस्या भएको छ ।’ अहिले दुई सिफ्टमा सुरुङ खन्ने काम जारी रहेको उनले जनाए ...

समाचार स्रोत :