Follow us: Youtube Android App
दलितलाई महायज्ञ प्रवेशमा रोक, न्याय माग्दै सडकमा
३० फागुन २०७९

वीरगन्ज : वीरगन्ज महानगरपालिका- १७ अलौंमा झण्डै दुइ दशकपछि हुन लागेको शतचण्डी महायज्ञमा प्रवेश गर्न नदिने भएपछि दलितहरु आन्दोलित भएका छन्। अलौंमा २२ वर्ष पछि आगामी चैत ८ गते देखि शतचण्डी हुने महायज्ञ दलितलाई प्रवेश गर्न नदिने भएपछि उनीहरु आन्दोलित भएका हुन्।

महायज्ञ आयोजक समितिले नै जातीय छुवाछुतको विभेद गरेर महायज्ञमा प्रवेश गर्न नदिने भएपछि अलौंका दलितहरुले सोमबार वीरगन्जको बजारमा आएर विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘हिन्दूद्वारा हिन्दूमाथि विभेद गर्न पाइदैन , हिन्दूको शोषण हिन्दूले नै गर्न पाइँदैन , हिन्दू एकता जिन्दावाद, दलित एकता जिन्दावाद, दलित समुदायसँग अत्याचार गर्नेलाई कारबाही गर' जस्ता  नारा नाराबाजी पनि लगाएका थिए।

महायज्ञमा प्रवेश गर्न पाउनु पर्ने र छुवाछुतको विभेद गर्नेहरुलाई कारबाही गर्नु पर्ने माग राख्दै उनीहरुले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापन–पत्र पनि बुझाएका छन्। महायज्ञमा प्रवेश गरि पूजापाठ गर्न पाउनका लागि विगत १ महिनादेखि नै निरन्तर आवाज उठाउँदै आएको भएपनि महायज्ञ आयोजक मूल समितिले वास्ता नगरेपछि सोमबार सडकमै उत्रिएर प्रदर्शन गर्नु परेको अलौं निवासी कृष्ण राम चमारले बताए। उनले भने ,‘२२ वर्ष पहिले पनि गाँउमा शतचण्डी महायज्ञमा भएको थियो, त्यस बेला पनि दलितलाई महायज्ञमा प्रवेश गर्न दिइएको थिएन, उ बेला हामी बच्चा थियौं, हाम्रा अग्रजहरुमाथि अन्याय हुँदा पनि चुप लागेर बसे, तर अहिले हामी बुझ्ने र सचेत भइसकेका छौँ , त्यसका कारण यसपालि हामी चुप लागेर बस्दैनौं, छुवाछुत गर्नेहरु विरुद्ध कानूनी कारवाहीमा जान्छौं ...

समाचार स्रोत :