Follow us: Youtube Android App
कर्मचारी खोज्दै संघीय मन्त्रालय
३ चैत्र २०७९

काठमाडौँ — जथाभावी सरुवा र खटनपटनले निजामती प्रशासनमा बेथिति झांगिएको प्रश्न उठिरहेका बेला स्वीकृत दरबन्दीअनुसार कुन-कुन पदका कर्मचारी कहाँ, कुन अवस्थामा छन् भन्ने खोजी सुरु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र कर्मचारीको यथार्थ विवरण पठाउन सम्बन्धित सबै निकायलाई पत्राचार गरेर खोजी थालेको हो ।

मन्त्रालयले पत्रसँगै सिंहदरबारभित्रका मन्त्रालय, आयोग र नियकायहरुका कर्मचारी खटाएरै विवरण संकलनमा दबाब सिर्जना गरेको छ । मन्त्रालयले सरुवा भएका कति कर्मचारी सम्बन्धित निकायमा गए ? गएनन् ? सिंहदरबारभित्रै कामजमा बस्नेहरू कति छन् ? स्थानीय तहमा सरुवा भएर पनि रमाना नबुझेर केन्द्रमै बस्न खोज्नेहरू कति छन् ? दरबन्दी नै नभएको अवस्थामा कति कर्मचारी एउटै कार्यालयमा बसेका छन् लगायत विवरण संकलन गर्न सुरु गरेको हो । मन्त्रालयले कर्मचारीको कुन-कुन विषय समावेश गर्ने फर्म्याट नै बनाएर पत्राचार गरेको छ ...

समाचार स्रोत :