काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरिएको प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका पनि शंकास्पद देखिएको छ ।
कुँवरको गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको अनुसन्धानका क्रममा भेटिएका विवरणबाट देखिन गएको हो ।
प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको छ । जसमा पाण्डेले कुँवरसँग गिरोहलाई जोडिदिएको खुलेको छ ।
भेटका लागि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले सहजीकरण समेत गरिदिएको स्रोतबाट अनलाइनखबरलाई प्राप्त म्यासेजको विवरणमा देखिन्छ । त्यस अनुसार शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालले १० असार २०७९ मा पाण्डेलाई म्यासेज पठाएका छन्, ‘सर नमस्ते, डीआईजी वसन्त कुँवरसँग कुरा भयो हजुर ?’ त्यसपछि पाण्डेले ‘१२ बजेपछि जानु न’ भन्ने जवाफ फर्काएका छन् ...