Follow us: Youtube Android App
राज्यका शक्तिशालीलाई राज्यविरुद्ध अपराधमा मुद्दा
११ जेठ २०८०

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र किर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध कम्तीमा २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेको अभियोग छ ।

पूर्वउप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, बहालवाला सचिव पाण्डे, तत्कालीन सुरक्षा सल्लाहकार राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मियाँ, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासहितलाई प्रतिवादी बनाइएको छ । त्यसमध्येका १४ जना फरार छन् । प्रहरीले ३३ जनालाई प्रतिवादी बनाएर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाए पनि मुद्दा दायर गर्दा तीन जना छुटेका छन् । छुटेका व्यक्तिको नाम खुले पनि स्थायी ठेगाना र पहिचान नखुलेपछि प्रतिवादीको संख्या घटेको हो ।

१६ जनालाई पक्राउ गरी अदालत बुझाइएको छ भने केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राईलगायत फरार १४ जनाविरुद्ध पनि मुद्दा दर्ता गराइएको छ । सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार ३० जनालाई नै चार कसुरमा मुद्दा दर्ता गरिएको हो । ‘ठगी, संगठित अपराध, सरकारी कागजात किर्ते र राष्ट्रहितविरुद्धको कसुरमा मुद्दा चलाइएको छ,’ उनले भने, ‘यी कसुर एकअर्कासँग सम्बन्धित भएकाले एकीकृत कसुर गरेको निष्कर्षसहित त्यसबापत मूल कसुरमा हुने सजायमा ५० प्रतिशत थप गर्न पनि मागदाबी लिइएको छ ...

समाचार स्रोत :