Follow us: Youtube Android App
भारतको यात्रा, बंगलादेशसँग ऊर्जा व्यापार
१२ जेठ २०८०

नयाँदिल्ली‚ काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने निश्चित भएसँगै दुई मुलुकबीच गर्नुपर्ने समझदारी र सम्झौताका एजेन्डा तय गर्न नेपालतर्फको गृहकार्य तीव्र भएको छ । भ्रमणका क्रममा लगानी, व्यापार, प्रविधि विस्तार, विकास आयोजना निर्माण, अपराध नियन्त्रण तथा अनुसन्धानमा सहकार्यलगायत विषयले प्राथमिकता पाएका छन् ।

प्रधानमन्त्रीको भ्रमणमा समावेश गराउनुपर्ने विषयको प्रस्ताव अधिकांश मन्त्रालयले परराष्ट्रमा पठाइसकेका छन् । ‘सम्भावित एजेन्डामा परराष्ट्र मन्त्रालय र मुख्यसचिव शंकरदास बैरागीबीच छलफल भइरहेको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘अन्तिम रूप लिन बाँकी छ ।’

अधिकारीहरूका अनुसार भारत भ्रमणका क्रममा नेपाललाई दुईतर्फी हवाई रुट थप, नेपाली कम्पनीसँगै अन्तरदेशीय डिजिटल भुक्तानी, बंगलादेशसँग विद्युत् व्यापार गर्न बाटो खुला, २५ वर्षसम्म विद्युत् व्यापार, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् विकास, अमलेखगन्ज लोथर तथा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण सम्झौतालाई एजेन्डा बनाउने तयारी छ ...

समाचार स्रोत :