Follow us: Youtube Android App
रेशमको सजाय माफी निवेदन राष्ट्रपति कार्यालयमा
१२ जेठ २०८०

काठमाडौँ — टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी माग गरिएको निवेदन राष्ट्रपति कार्यालय पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली चौधरीको निवेदन लिएर बुधबार राष्ट्रपति कार्यालय पुगेको थियो ।

त्यस क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र दिवसका दिन सजाय माफी दिने प्रक्रियाबारे छलफल भएको थियो ।

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले चौधरीको निवेदनमा अध्ययन भइरहेको जानकारी दिए । ‘अदालतको फैसला निकै मोटो छ, समय लाग्छ,’ उनले भने । राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले आममाफी दिने निर्णय लिनेछन् । चौधरीले माफी पाए करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

संविधानको मस्यौदामा उल्लेख गरिएका विषयवस्तुको विरोधमा २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएको थियो । घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हबलदार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरी वरिष्ठ हबलदार ललित साउद, सहायक हबलदार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी तथा डेढ वर्षीय बालक टेकबहादुर साउदको ज्यान गएको थियो ...

समाचार स्रोत :