Follow us: Youtube Android App
अमेरिका जान अस्वीकार गर्नुहुने सक्कली भुटानी शरणार्थी: डम्बरकुमारी
१२ जेठ २०८०

दमक, जेठ १२ गते । हातमा एउटा लौरो, पछाडिपट्टि हातले बुनेको एउटा झोला, निधारमा चन्दनको टिका र एउटा हरे राम लेखिएको साना गाम्चा लगाएर यताउता हिँडडुल गर्दैमा उहाँको दिन बित्छ । उहाँ हुनुहुन्छ, सक्कली भुटानी शरणार्थी महिला डम्बरकुमारी काफ्ले । अहिले नक्कली भुटानी बनेर विदेश जान खोजेको र करोडौँको चलखेल भइरहेको विषय उहाँलाई जानकारी छैन ।

‘बाबु मलाई कहीँ कतै पनि जान मन छैन, अब यही नै मर्ने इच्छा छ र मलाई केही लोभ पनि छैन ।’ भुटानी शरणार्थी शिविर बेलडाँगीको एक रुखमुनि शीतलमा बस्नु भएकी  ८४ बर्षीया काफ्लेले भन्नुभयो । भुटानबाट छोरीलाई साथमा लिएर आउनु भएकी उहाँ अहिले शिविरमा एक्लो जीवन बिताइरहनु भएको छ । मलाई यही नै जिन्दगी ठिक लागेको छ, उहाँले भन्नुभयो । छोरी सहित आफन्तहरू सबै अमेरिका लगायतका देश पुगिसकेका छन् ।

अहिले उहाँ बेलडाँगी २ हट नं. २३२ मा बसोबास गर्नु हुन्छ । उहाँका छोराहरू छैनन् । दुई जना छोरी रहेका छन् । छोरी ज्वाइँ पुर्नवास भएर तेस्रो मूलक जानु भएको छ । मलाई पनि जाऊ भन्नु भएको हो तर मैलै नै मानिन, उहाँले भन्नुभयो । छोरी ज्वाइँ शिविरमा नै आएर आफूलाई भेटेको पनि उहाँले जनाउनु भयो । छोरीज्वाइ दुबै जना आउनु भयो तर मैले यही नै खुसी छु भने, उहाँको भनाई थियो ...

समाचार स्रोत :