मानिसको नाममा लाखौं करोडौंको सम्पत्ति हुनु अनौठो होइन । तर जनावर तथा चराचुरुंगीको नाममा करोडौंको सम्पत्ति हुनु चाहीँ आश्चर्य नै हो ।
यस्तै आश्चर्य छिमेकी मुलुक भारतमा छ । त्यहाँ करोडपति परेवाहरू छन् । पत्यार नलाग्न सक्दछ, तर ती परेवाहरू यति धनी छन् कि उनीहरूको नाममा दर्जनौं पसलहरू, सयौं बिघा जमिन र लाखौँ रुपैयाँ नगद सम्पत्ति छ ।
राजस्थानको नागौर जिल्लास्थित जसनगर गाउँमा ती परेवाहरूको नाममा करोडौं रुपैयाँको सम्पत्ति छ ।
परेवाको नाममा २७ वटा पसल, १२६ बिघा जमीन र बैंक खातामा ३० लाख भारु मौज्दात छ । यतिमात्रै होइन ती परेवाहरूको नाममा १० बिघा जमीनमा सञ्चालित ४७० वटा गाई रहेको गौशाला पनि रहेको छ ...