Follow us: Youtube Android App
सरकारी कार्यालयका कर्मचारी मुस्कुराउनै पर्ने, नत्र जरिवाना हुने
७ साउन २०७९

काठमाडौं । हामीकहाँ सरकारी कार्यालयहरुमा मुस्कान सहितको सेवा भन्ने नीति नै छ । सरकारको यस्तो नीति भएपनि कर्मचारीहरुबाट त्यो बमोजिमको सेवा जनताले पाउन नसकिरहेको गुनासो आउने गर्दछ ।

नेपालमा सरकारी कर्मचारीले कार्यालयमा सेवाग्राहीसँग राम्रो व्यवहार गर्नुपर्ने तथा मिजास र मुस्कान सहित सेवा प्रवाह गर्नुपर्ने भनिए तापनि बाध्यता छैन । तर फिलिपिन्समा भने सरकारी कर्मचारीहरु कार्यालयमा मुस्कुराउनै पर्ने भएको छ । कार्यस्थलमा मुस्कान नछर्ने सरकारी कर्मचारीमाथि जरिवाना हुने भएको छ ।

हो, फिलिपिन्सको एक सहरका मेयरले मुस्कान नीति लागू गरेका छन् । जस अनुसार सहरका हरेक सरकारी कार्यालयमा कर्मचारीहरुले मुस्कान सहितको सेवा प्रदान गर्नुपर्नेछ । सरकारी कर्मचारीहरुले जनतासँग राम्रो व्यवहार नगर्ने र गजक्क पर्ने गरेको भन्दै गुनासो आएपछि ती मेयरले यस्तो नियम लागू गरेका हुन् । यो नीतिले सरकारी कर्मचारीप्रति जनताको सोचमा परिवर्तन आउने र कर्मचारीहरुले पनि सेवाग्राहीप्रति उचित व्यवहार गर्ने अपेक्षा गरिएको छ ...

समाचार स्रोत :