Follow us: Youtube Android App
ब्राजिली राष्ट्रपतिले पत्रकारलाई भनेः म तिम्रो अनुहारमा मुक्का हान्न चाहन्छु
८ भदौ २०७७

राजिलका राष्ट्रपति जायर बोल्सोनारोले एक पत्रकारको अनुहारमा मुक्का हान्ने चेतावनी दिएका छन् । आइतबार उनकी पत्नी प्रथम महिला मिसेल बोल्सोनारोको खातामा अवैध रकम जम्मा गरिएको विषयमा प्रश्न सोध्ने ती पत्रकारलाई बोल्सोनारोले यस्तो जवाफ दिएका हुन् ।

‘म तिम्रो अनुहारमा मुक्का हान्न चाहन्छु, हुन्छ?’ बोल्सोरोले ओ ग्लोबो नामक पत्रिकाका संवाददातालाई भनेका थिए। सो पत्रिकाले बोल्सोनारोको सो भनाइको अडियो सार्वजनिक गरेको छ। बोल्सोनारोका जेठा छोरा फ्लावियो बोल्सोनारो सिनेटर छन्। उनका पूर्व सहयोगी फाब्रिसियो केरोस सन् २०११ देखि २०१८ को बीचमा बोल्सोनारोकी पत्नीको खातामा करिब १३ हजार डलर जम्मा गरेका थिए ...

समाचार स्रोत :