Follow us: Youtube Android App
कान्तिपुरकर्मी राई र चौधरीलगायतलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार
७ असोज २०७७

काठमाडौँ — यस वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गणेश राई र गणेश चौधरीलगायतलाई प्रदान गरिएको छ ।


राईलाई ‘भाषागत पत्रकारिता पुरस्कार’ र चौधरीलाई ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि क्रमश: २० हजार र १५ हजार रुपैयाँ रहेको छ । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा, काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारग्राममा आयोजित काउन्सिलको ५१औं वार्षिकोत्सवका अवरसरमा उक्त पुरस्कार प्रदान गरेका हुन् ...

समाचार स्रोत :