Follow us: Youtube Android App
दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायको सेक्युरिटी अडिट अनिवार्य, अन्यथा कारबाही
१३ साउन २०७७

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियमनकार निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकहरुलाई आफ्नो सूचना प्रविधि प्रणालीहरुको नियमितरुपमा अनिवार्य सुरक्षा अडिट गराउन निर्देशन दिएको छ ।

साथै अडिटको प्रतिवेदन प्राधिकरणमा बुझाउन समेत नियामकले भनेको छ । पछिल्लो समय नेपालमा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकको सिस्टममा रहेको कमजोरीका कारण ह्याकिङका घटनाहरु बढ्दै गएका छन् । यस किसिमको संवेदनशीलतालाई मध्येनजर गर्दै स्थितिलाई सुधार गर्न तथा त्यस किसिमका घटना पुन: दोहोरिन नदिन यस्तो निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ...

समाचार स्रोत :