Follow us: Youtube Android App
राखेपमा ६ सदस्य मनोनीत
१६ साउन २०७७

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा ६ सदस्य मनोनीत भएका छन्। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले खेल विज्ञ, प्रशिक्षक, प्राविधिक र एन्टिडोपिङ विज्ञका रूपमा ६ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन्।

मन्त्री विश्वकर्माले खेल विज्ञ र प्राविधिकका रूपमा रिम रानाभाट र इन्दिरा निरौलालाई मनोनयन गरेका छन्। दुवै जना मन्त्रालयद्वारा गठन गरिएको सदस्यसचिव सिफारिस समितिका सदस्य रहेका थिए। रानाभाट परिषद्का पूर्वकर्मचारी हुन् भने निरौला यसअघि पनि राखेप बोर्ड सदस्य थिइन् ...

समाचार स्रोत :