Follow us: Youtube Android App
अफगानिस्तानमा कार बम आक्रमणमा १७ जनाको मृत्यु
१६ साउन २०७७

काबुल- अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कार बम हमलामा परी १७ जनाको ज्यान गएको छ। उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको बताइएको छ।

बिहीबार भएकाे सो आक्रमणमा परी कम्तीमा पनि १७ व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस घटनामा परी दर्जनौ व्यक्ति घाइते भएका छन्। उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ। यस आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन। तालिबान आतङ्ककारी समूहले पनि यस आक्रमणको अस्वीकार गरेका छन् ...

समाचार स्रोत :