Follow us: Youtube Android App
पीएसजीलाई सिजनको तेस्रो उपाधि
१७ साउन २०७७

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) सिजनको तेस्रो उपाधि उचालेको छ । शुक्रबार राति फ्रेन्च लिग कपको फाइनलमा लियोनलाई पराजित गर्दै पीएसजीले सिजनको तेस्रो उपाधि जितेको हो ।

निर्धारित समयमा खेल गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्विएको थियो । अतिरिक्त समयमा पनि दुबै टोलीबाट कुनै गोल नहुँदा खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछी खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो र पेनाल्टीमा पीएसजीले बाजी मार्यो । सडनडेथमा पीएसजीले लियोनलाई ६(५ ले पराजित गर्दै च्याम्पियन बनेको हो । फ्रेन्च लिग कपको उपाधि पीएसजीले यो नवौं पाटक जितेको हो ...

समाचार स्रोत :