Follow us: Youtube Android App
भारत हल्लाइरहेकी एक विद्रोही नायिका कंगना
२७ भदौ २०७७

काठमाडौं । ‘उद्धव ठाकरे ! आज मेरो घर तोडियो, भोलि तेरो घमण्ड तोडिनेछ ।’बलिउड नायिका कंगना रनौटले फिल्मी स्टाइलमा बोलेको यो ‘डाइलग’ भारतीय मिडियामा निकै चर्चित बनेको छ ।


महाराष्ट्रका मुख्यमन्त्री तथा हिन्दू कट्टरपन्थी शिवसेनाका प्रमुख उद्धव ठाकरेलाई उनले यसरी लल्कारेकी थिइन् । शिवसेना यस्तो अतिवादी पार्टी हो, जोसित प्राय बलिउडकर्मी थर्कमान हुन्छन् । कोही पनि यो समुहसँग पंगा लिन खोज्दैनन् । त्यसमाथि उद्धव ठाकरे मुख्यमन्त्रीजस्तो शक्तिशाली पदमा समेत छन् । तर, कंगनाले उनलाई सिधै ‘तँ’ भनेर सम्वोधन गरिन् । आफ्नो करिअरलाई नै दाउमा राखेर गरेको यो लल्कारले कंगनाको समग्र चरित्र चित्रण गर्छ ...

समाचार स्रोत :