Follow us: Youtube Android App
अमेरिकी चुनावमा साइबर आक्रमण नगरेको चीनको स्पष्टिकरण
२८ भदौ २०७७

बेइजिङ : चीनले अमेरिकी चुनावमा साइबर आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । माइक्रोसफ्टले चीन, रुस र इरानबाट अमेरिकी चुनावी अभियानमा साइबर आक्रमणको प्रयास भएको आरोप लगाएको थियो ।


तर चीनले आफ्नो संलग्नता नभएको स्पष्टिकरण दिएको हो । साथै चीनले माइक्रोसफ्टलाई ‘नक्कली’ र ‘समस्या पैदा गर्ने’ कम्पनीको रुपमा टिप्पणी गरेको छ ।‘अमेरिकी राष्ट्रपतीय निर्वाचन अमेरिकी आन्तरिक मामिला हो । यसमा हस्तक्षेप गर्ने हाम्रो रुची छैन । र हामीले कहिल्यै हस्तक्षेप गरेका छैनौँ,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता झाओ लिजिआनले भनेकी छन् ...

समाचार स्रोत :