Follow us: Youtube Android App
कोरोनाका कारण विदेशमा २४३ नेपालीको मृत्यु, साउदीमा ६० शव अलपत्र
२८ भदौ २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शनिबार साँझसम्म विदेशमा दुई सय ४३ जना नेपालीले ज्यान गुमाइसकेका छन् ।


विदेशमा यो साता मात्रै थप ४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघका स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले बताए। गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ। यो सँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा.महेन्द्रसिंह राजपुतले जानकारी दिए ...

 

समाचार स्रोत :