Follow us: Youtube Android App
योशिहिदे सुगा बने जापानका नयाँ प्रधानमन्त्री
३१ भदौ २०७७

जापानको तल्लो सदनले योशिहिदे सुगालाई बुधबार देशको नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित गरेको छ । शिन्जो अबेले स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुगा नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् ।


योशिहिदे सुगा जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीको प्रमुखमा सोमबार निर्वाचित भएका थिए । योसँगै उनी प्रधानमन्त्री प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।  सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेका थिए । उनीसँग प्रतिस्पर्धा गरेका पूर्वविदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त  गरेका थिए ...

समाचार स्रोत :