Follow us: Youtube Android App
कुवेतमा नयाँ राजा चयन: अल सबाहले सम्हाले राजगद्दी
१४ असोज २०७७

काठमाडौं । कुबेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन हुनुभएको छ । कुवेतका राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१ बर्षको उमेरमा निधन भएपछि शेख नवाफ राजा चयन हुनुभएको हो ।


गत जुलाईदेखि अमेरिकाको एक अस्पतालमा उपचारमा रहनुभएका शबाहको उपचारकै क्रममा मृत्यु भएको हो । सन् १९६३ देखि २००३ सम्म विदेश मन्त्री समेत रहनुभएका राजा शेख शबाहले सन् २००६ देखि कुवेतको राजगद्दी सम्हाल्नु भएको थियो । अब भने सन् २००६ देखि राजाको उत्तराधिकारीको रुपमा काम गर्नुभएका शेख नवाफ नयाँ शासकको रुपमा चयन हुनुभएको हो ...

समाचार स्रोत :