Follow us: Youtube Android App
क्लिन फिड प्रभाव: कार्टुन नेटवर्क, सीएनएन, पोगोलगायतका च्यानल अनिश्चितकालका लागि बन्द
११ कात्तिक २०७७

काठमाडौंः सरकारले कात्तिक ७ गते मध्यरातबाट क्लिन फिड (विदेशी विज्ञापनरहित) लागु गरेपछि यसको प्रभाव देखिन थालेको छ ।


क्लिन फिडका कारण चर्चित कार्टुनदेखि समाचार च्यानलहरुले नेपालमा आफ्नो प्रसारण बन्द गरेको सूचना स्थानीय केबल तथा सेटलाइट अपरेटरहरुलाई पठाएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए। ‘कात्तिक ८ गतेबाट कार्टुन नेटवर्क, सीएनएन इन्टरनेशनल, पोगो र वार्नर ब्रदर्स नामका च्यानलको प्रसारण नेपालमा अनिश्चितकालका लागि बन्द भएको छ,‘ आचार्यले भने...

समाचार स्रोत :