Follow us: Youtube Android App
ट्रम्पले सहकार्य नगरे अझ धेरै मानिसको मृत्यु हुन सक्छ : बाइडेन
३ मंसिर २०७७

आफूहरुको टिमसँग ट्रम्प र उनको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप वितरणका बारेमा ब्रिफिङ नगरेको बाइडेनले बताएका छन् ।


वर्तमान राष्ट्रपति ट्रम्पले लगातार चुनावमा धाँधली भएको र आफूले चुनाव जितेको झुटो दाबी गरिरहेका बेला बाइडेनको यस्तो प्रतिक्रिया आएको हो । ‘हामीले सहकार्य गरेनौं भने धेरै मानिस मर्नेछन्,’ डेलावेरको विल्मिंगटनमा पत्रकारहरुसँगको कुराकानीमा बाइडेनले भने । बाइडेन र उनका सहयोगीहरुले ट्रम्प प्रशासनले कोरोना महामारी रोकथाम र नियन्त्रण तथा निकट भविष्यमा हुन सक्ने खोप वितरणको ढाँचाबारे ब्रिफिङ र सहकार्य गर्नुपर्नेमा जोड दिइरहेका छन् ...

समाचार स्रोत :