Follow us: Youtube Android App
अमेरिकाका यी धनीले सन् २०२० मा सबैभन्दा धेरै रकम दानमा खर्चिए
२८ माघ २०७७

गत वर्ष धेरै दान गर्ने सर्वाधिक ५० जना अमेरिकीमा अर्बपतिहरु जेफ बेजोस र माइकल ब्लुमबर्ग पनि परेका छन्।

बेजोसले बेजोस अर्थ फन्डका लागि १० अर्ब डलर दान गरेका हुन्। गत हप्ता मात्रै सामाजिक कार्य र अन्य परियोजनामा काम गर्नका लागि अमेजनको सीईओ पदमा नबस्ने घोषणा गरेका उनले फिडिङ अमेरिकालाई मात्रै १० करोड डलर दिएको 'क्रोनिकल अफ फिलान्थ्रोपिज एनुअल र्‍यांकिङ'ले देखाएको छ।

फिडिङ अमेरिकाले २ सय बढी फुडबैंकलाई आपूर्ति गर्ने संगठन हो।

५० मध्ये दोस्रो नम्बरमा भने बेजोसकै पूर्वपत्नी म्याकेन्जी स्कट छिन्। उनले सन् २०२० मा ५.७ अर्ब डलर दानमा खर्चिएकी छिन्। उनले विभिन्न क्षेत्रका ५१२ संगठनलाई दान गरेकी हुन्।

यो सूचीमा ट्विटरका ज्याक डोर्से पनि पाँचौँ नम्बरमा परेका छन्। उनले १ अर्ब १० करोड डलर दानमा खर्च गरेका छन्।

यसबाहेक द फाइनान्सियर चार्ल्स स्क्वाब र उनकी श्रीमती हेलेनले ६ करोड ५० लाख डलर दान गरेका छन्। उनीहरु २४ र १४औँ नम्बरमा छन्।

त्यस्तै नेटफ्लिक्सका सहसंस्थापक रिड हास्टिङ र उनकी श्रमिती पेटी क्विलिनले १२ करोड डलर दान गरेका छन्। चर्चित बास्केट बल खेलाडी माइकेल जोर्डनले ५ करोड डलर दिने प्रतिबद्धता जनाएका छन्

समाचार स्रोत :