भारतका गृहमन्त्री अमित शाहले नेपालमा पनि आफ्नो दल भारतीय जनता पार्टी (बीजेपी) को सरकार बनाउने योजना बनाइहेको दाबी सार्वजनिक भएको छ।
भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार भारतकै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव कुमार देवले आफ्नो देशका केन्द्रीय गृहमन्त्री शाहले नेपाल र श्रीलंकामा पनि बीजेपीको सरकार बनाउन चाहेको दाबी गरेका हुन्।
त्रिपुराका मुख्यमन्त्रीको यो भनाइले तरंग उत्पन्न भएको छ।
मुख्यमन्त्री विप्लव कुमारको दाबी छ, ‘अमित शाह जब बीजेपीका अध्यक्ष थिए, तब उनले भनेका थिए– पार्टी आफ्नो दायरा बढाउन चाहन्छ र नेपाल र श्रीलंकामा शासन गर्ने योजना बनाइरहेको छ।’ ...