Follow us: Youtube Android App
म्यानमारकी नेतृ सुकीको नजरबन्द समय दुई दिन थपियो
३ फागुन २०७७

काठमाण्डाै l म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको नजरबन्द समय दुई दिन थप गरेको छ । जनवरी १ तारिखको बिहानै सैन्य 'कू' गरेर सत्ता हातमा लिएको सेनाले सुकीसहितका नेताहरूलाई १५ दिनको नजरबन्दमा राखेकोमा साेमवार दुई दिनको समय थपेको बीबीसीले जनाएको छ ।

सैन्य 'कू' को विरोधमा म्यानमारमा दिनहुँ प्रदर्शन भइरहेका छन् । आम नागरिकसँगै भिक्षु तथा पेसाकर्मीहरूसमेत प्रदर्शनमा निस्किएपछि सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ । सेनाले प्रदर्शनमा सहभागी हुनेहरूलाई घृणा फैलाउने काम गरेमा २० वर्षसम्म जेल हाल्ने चेतावनीसमेत दिएको छ ।

जनप्रदर्शनलाई रोक्नका लागि मुख्य सहरहरूमा सेनाले बाक्लो सङ्ख्यामा बख्तरबन्द गाडी उतारेकाे छ । पछिल्लो जनप्रदर्शन म्यानमारमा दशकयताकै ठूलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ...

समाचार स्रोत :