Follow us: Youtube Android App
नाइजेरियामा ३१७ छात्रा अपहृत
१५ फागुन २०७७

कानो (एएफपी) : नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३ सय १७ विद्यार्थीलाई अपहरण गरेको छ । अपहृत विद्यार्थीको खोजी भइरहेको बताइएको छ ।  

‘सशस्त्र समूहले एउटा माध्यमिक विद्यालयलाई नियन्त्रणमा लिई कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरू शुक्रबार समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन्’, प्रहरी प्रवक्ता मोहम्मद सेहुले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘जाम्फारा राज्यको प्रहरी कमान्डले सेनाको समन्वयमा संयुक्त रूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।’

स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तर–पश्चिम क्षेत्रको विज्ञान विषय पढाइ हुने उक्त विद्यालयबाट विद्यार्थीलाई अपहरण गरी लगेका हुन् । पछिल्ला वर्षमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महŒवपूर्ण सम्पत्ति लुट्ने गरेका घटना सञ्चारमाध्यममा पटक–पटक आएका छन् ...

समाचार स्रोत :