Follow us: Youtube Android App
‘श्रीमान् विदेशमा छन् भनेर बसी बसी नखाऔँ, जे सकिन्छ काम गरौँ’
१७ फागुन २०७७

काठमाण्डौ – श्रीमानले परदेशबाट कमाएर पठाउँथे । पवित्रा विक घर व्यवहार सम्हाल्नुहुन्थ्यो । श्रीमानकै कमाइले घर खर्च चलाउनु हुन्थ्यो । त्यही आफ्नो दैनिकीलाई उहाँ सुख ठान्नु हुन्थ्यो । तर अहिले पवित्राको यो सोच र दैनिकी दुवै फेरिएको छ । जब उहाँ गाउँमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बस्नुभयो तब बुझ्नुभयो जीवनको लक्ष्य घरमा बसी बसी भेटिँदैन । अनि आफू पनि पौरख गर्न थाल्नुभयो ।

१० वर्षअघि उहाँका श्रीमान् बिहान बेलुकाको छाक टार्नकै लागि खाडी हानिनुभयो । श्रीमान् परदेश लागेपछि उहाँ पनि उहाँको दैनिकी बालबच्चाको हेरचाह र घर व्यवहार सम्हाल्दैमा बित्न थाल्यो । खेतीपाती पनि छैन पवित्राको घरमा । घर बनाउँदा ऋण लाग्यो । त्यही ऋण र घर व्यवहारको खर्च धान्दै पवित्राका श्रीमानको ओमानमै १० वर्ष बितिसक्यो ।

गाउँमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारलाई नै लक्षित गर्दै वित्तीय साक्षरता कक्षा सञ्चालन भएपछि पवित्राको दैनिकी र सोचमा परिवर्तन आयो ...

समाचार स्रोत :