Follow us: Youtube Android App
चिनियाँ नेताहरु विश्वस्त छन्- अमेरिका दीर्घकालीन पतनको बाटोमा छ
२३ चैत्र २०७७

कसरी धनी र बलियो हुने, गएको चालीस वर्षमा चीनको नजर यसैमा केन्द्रित छ। यो अवधि उसले अरुलाई धम्क्याउँदै तर जोखिम मोल्नबाट पन्छिँदै बिताएको छ। साना शक्तिलाई दुःख दिन पछि नहट्ने चीन हात फर्काउन सक्ने मुलुकसँग भने होसियार रहँदै आएको छ।

तर, अहिले आएर जोखिम हिसाबकिताब गर्ने चीनको तरिका बदलिएको देखिन्छ। पहिले चिनियाँ कम्युनिस्ट पार्टीका विदेशी नीति प्रमुख याङ चिचीले अलास्कामा भएको द्विपक्षीय बैठकमा अमेरिकी कूटनीतिज्ञहरुलाई हकारपकार पारे। अमेरिकी लोकतन्त्रका कमजोरीहरुलाई उनले उदांगो पारे। जसका कारण चीनमा उनलाई नायकको हैसियत प्राप्त भयो। त्यसपछि, चीनले बेलायत, क्यानडा, युरोपेली संघका राजनीतिकर्मी, कूटनीतिज्ञ, प्राज्ञ, वकिल र लोकतन्त्रका अभियान्तामाथि प्रतिबन्ध लगायो। सिन्जियाङमा मुस्लिमहरुमाथि दमन गरेको आरोपमा ती मुलुकले चिनियाँ अधिकारीहरुलाई लगाएको प्रतिबन्धको बदलामा चीनले यसरी व्यापक प्रतिबन्ध लगाएको हो।

चिनियाँ विदेश मन्त्रालयले दास किनबेच, उपनिवेशवाद, यहुदी नरसंहारजस्ता भयावह कृत्य तथा कोभिड–१९ बाट यतिधेरै अमेरिकी र युरोपेलीहरुको ज्यान गएको घटनाबाट पश्चिमा मुलुकका सरकारहरु चीनको मानव अधिकारको स्थितिबारे प्रश्न उठाउन लज्जित हुनुपर्ने बताएको छ। पछिल्लो समय सिन्जियाङमा श्रमिकहरुलाई जबर्जस्ती कपास टिप्न बाध्य बनाइएको रिपोर्टलाई चिनियाँ कूटनीतिज्ञहरु र प्रचारकहरुले ‘झुठ र गलत सूचना’ भनेर भर्त्सना गरेका छन्। उनीहरुले सिन्जियाङको कपास प्रयोग गर्न नमान्ने विदेशी ब्रान्डलाई अस्वीकार गर्ने चिनियाँ नागरिकहरुको प्रशंसा गरेका छन्। कतिपयले माओवादी युगको गाली दोहो¥याएर आफ्नो उत्साह देखाउने प्रयास पनि गरे। एक चिनियाँ महावाणिज्यदूतले ट्विटरमा क्यानडेली प्रधानमन्त्रीलाई ‘दौडिरहेको अमेरिकाको कुकुर’ भन्दै गाली गरेका छन् ...

समाचार स्रोत :