Follow us: Youtube Android App
सिक्किममा गएको भूकम्पको धक्का नेपालसम्म
२४ चैत्र २०७७

काठमाडौं । भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार भूकम्पको झट्का  नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो । ‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झट्का महसुस भएको जानकारी पाएका छौं’, उनले भने ।

यता, भारतीय सञ्‍चार माध्‍यमहरुले भने बिहार, पश्चिम बंगाल तथा आसामसहित देशका कयौ राज्‍यमा भूकम्पको धक्का महसुस भएको जनाएका छन् ...

समाचार स्रोत :