Follow us: Youtube Android App
आईएलओको सहयोग हिनामिनामा छानबिन
२५ चैत्र २०७७

काठमाडौँ l गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोभिड–१९ प्रभावित राहत तथा उद्धार परियोजनालाई उपलब्ध गराइएको आर्थिक सहयोग अपचलन भएको भन्दै उजुरी परेपछि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को जेनेभास्थित मुख्यालयले छानबिन सुरु गरेको छ ।

आईएलओले आप्रवासी नेपाली रहेको यूएई, कतार, साउदी अरब, मलेसियासहितका ९ मुलुकमा घरफिर्ती, उद्धार र राहतका लागि एनआरएनलाई १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

आईएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले परियोजनाअन्तर्गत यूएईमा केही आर्थिक दुरुपयोग भएको भन्ने उजुरी आएपछि जेनेभास्थित मुख्यालयले छानबिन गरिरहेको जानकारी दिए । ‘आईएलओमा जेनेभास्थित आर्थिक मामिला हेर्ने स्वतन्त्र इकाई अफिस अफ एक्सटर्नल अडिटरले यसबारे रिपोर्ट नदिइकन अहिल्यै केही भन्न सकिँदैन,’ उनले भने ...

समाचार स्रोत :