चालु वर्ष र आगामी वर्षमा विश्व अर्थतन्त्रमा व्यापक सुधार देखिने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पूर्वानुमान गरेको छ।
उसले गत ज्यानुअरी महिनामा गरेको यूके र विश्व अर्थतन्त्र सम्बन्धी पूर्वानुमान परिमार्जन गरेको हो।
तर ब्रिटेनको अर्थतन्त्र सन् २०२२ को अन्त्यतिर मात्रै कोभिड-१९ महामारी भन्दा अघिको अवस्थामा फर्कने अनुमान गरिएको छ।
आईएमएफका अनुसार यूकेमा यो वर्ष ५.३ प्रतिशत वृद्धि देखिने छ भने सन् २०२२मा वृद्धिदर ५.१ प्रतिशत रहने छ ...