Follow us: Youtube Android App
कहाँ अड्कियो नेपालको विद्युत् बंगलादेश लैजाने प्रक्रिया ?
२१ कात्तिक २०७९

काठमाडौँ — नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रको सहकार्यमा भारतको भूमिका निर्णायक बनेको छ । बंगलादेश पठाउन विद्युत् प्रसारण लाइन निर्माणका लागि भारतीय भूमि प्रयोग गर्न पाए मात्र नेपालले बंगलादेशलाई आवश्यक ऊर्जा निर्यात गर्न सक्छ । नत्र नेपालमा उत्पादित विद्युत् बंगलादेशले किन्न असम्भव हुन्छ ।

ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बंगलादेशले ५ देखि १० हजार मेगावाट विद्युत् किन्न सक्छ । बंगलादेशमा कोइलामार्फत विद्युत् उत्पादन गरिन्छ । जुन महँगो परिरहेको छ । नेपालबाट निर्यात हुने विद्युतीय ऊर्जा कोइलाभन्दा निकै सस्तो पर्छ । अर्को महत्त्वपूर्ण पक्ष बंगलादेश र भारतलाई वर्षायाममा बढी बिजुली चाहिन्छ । वर्षायाममा भारतको माथिल्लो भेग र बंगलादेशमा गर्मी हुन्छ, यस बेला ऊर्जाको खपत बढी हुन्छ । नेपालमा भने वर्षायाममा बिजुली बढी भएर खेर जान्छ । बढी हुने बिजुलीको बजार भारत र बंगलादेश हुन् ।

तर त्यसका लागि नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्न त्रिपक्षीय वार्ता गर्नुपर्ने पूर्वऊर्जा सचिव देवेन्द्र कार्की बताउँछन् । ‘मेरो कार्यकालमा पनि त्रिपक्षीय वार्ताका लागि भारतसँग लगातार प्रयास गरेका हौं । तर त्यो सफल हुन सकेन,’ यही जेठमा मन्त्रालयबाट अवकाश पाएका पूर्वसचिव कार्कीले भने, ‘हामीले भनेको भारतले नसुनेपछि बंगलादेशलाई भारतसँग त्रिपक्षीय वार्ताको आग्रह गर्न भनेका छौं । किनकि अहिले भारत र बंगलादेशको सम्बन्ध हाम्रोभन्दा राम्रो र घनिष्ठ छ ...

समाचार स्रोत :