नयाँ दिल्ली : शुक्रबार महाराष्ट्रको थानेमा एक योग शिविरमा बाबा रामदेवले भनेका थिए, 'महिलाहरू साडी लगाउँदा पनि राम्रा देखिन्छन्, कुर्ता सुरुवालमा पनि राम्रा देखिन्छन् र मैले जसरी कपडा नलगाए पनि राम्रै देखिन्छन्। हामी त लाज ढाक्न भनेर कपडा लगाउँछौं। बच्चाहरु ७/८ वर्षसम्म नाङ्गै कुद्थे।
यही योग शिविरमा बाबा रामदेवसँगै महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसकी पत्नी पनि मञ्चमा थिइन्।
रामदेवको उक्त भिडियो सामाजिक सञ्जालमा निकै शेयर भएको छ।
दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवालले बाबा रामदेवको भनाइको आलोचना गर्दै उनले यसका लागि माफी माग्नुपर्ने बताएकी छन् ...