चीनले नेपालसँग सीमापार रेल निर्माण सम्बन्धी सर्वेक्षणका लागि विज्ञ टोली खटाउन नेपालसँग पूर्वसहमति मागेको छ। जानकार स्रोतका अनुसार नेपालले सहमति दिएमा डिसेम्बर महिनाभित्र केरुङ–काठमाडौँ रेल सर्वेक्षणका लागि विज्ञ टोली पठाउने चीनको तयारी छ।
चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) ले त्यस सम्बन्धमा अर्थ मन्त्रालयलाई हालै पत्र लेखेको हो। पत्रमा नेपालमा रेल विज्ञ टोली पठाएर सक्दो चाँडो सर्वेक्षणसम्बन्धी काम अघि बढाउन चीन तयार रहेको उल्लेख छ।
सीआईडीसीए अन्य देशसँगको विकास परियोजना र सहायताबारे समन्वय गर्ने चीनको मुख्य निकाय हो। यो निकाय त्यहाँको मन्त्रिपरिषद् मातहत राखिएको छ ...