चीनले ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) अन्तर्गत नेपालसँग द्विपक्षीय सहकार्य अझ गहिरो पार्न चाहेको बताएको छ।
बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसँग हालै भएको भेटमा चिनियाँ विदेश मन्त्रालयका एसियन अफेयर्स डिपार्टमेन्टका महानिर्देशक लिउ जिनसोङले त्यस्तो बताएका हुन्। चिनियाँ विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै राजदूत श्रेष्ठसँग महानिर्देशक लिउले नेपालसँग बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) को फ्रेमवर्क भित्र रही उच्च गुणस्तरको सहयोग अघि बढाउन चीन प्रतीक्षारत रहेको बताएको पनि उल्लेख गरेको छ।
के हुन् जीडीआई र बीआरआई?
जीएसआई, जीडीआई र बीआरआई चीनका तीन वटा अवधारणा हुन्। जीडीआई र बीआरआई चीनले विश्वसँग भौतिक पूर्वाधार विकाससँग जोडिन ल्याएका अवधारणा हुन्। जीएसआई चीनले ल्याएको नयाँ सुरक्षा अवधारणा हो ...