Follow us: Youtube Android App
यस वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउन सक्छ : आईएमएफ
१८ पुष २०७९

काठमाडौँ — सन् २०२३ मा विश्वअर्थतन्त्रमा निकै ठूलो चुनौती देखा पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । आईएमएकी प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दी छाउने र त्यसबाट लाखौँ मानिस प्रभावित हुने बताएकी हुन् ।

विश्वका तीन प्रमुख अर्थतन्त्र– संयुक्त राज्य अमेरिका, युरोपेली संघ र चीन एकसाथ सुस्त गतिमा चलेका हुनाले त्यस्तो परिस्थिति आउने उनको भनाइ छ ।

अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको अन्तर्वार्तामा उनले सन् २०२२ को तुलनामा नयाँ वर्ष थप कठिन हुने भनाइ राखेकी थिइन् । ‘विश्व अर्थतन्त्रको एक तिहाइमा आर्थिक मन्दी छाउने हामीले अनुमान गरेका छौं,’ जोर्जिभाले भनेकी छन्, ‘आर्थिक मन्दी नभएका देशहरूका लाखौं मानिसले पनि मन्दीकै जस्तो अवस्था महसुस गर्नेछन् ।’

संयुक्त राज्य अमेरिकाले मन्दी पन्छाउन सके पनि युरोपमा गम्भीर स्थिति देखापर्ने उनको भनाइ छ । युक्रेनी युद्धले थिलथिलो पारेकाले युरोपेली संघको आधा हिस्सामा गम्भीर आर्थिक समस्या देखापर्ने उनले बताएकी छन् ...

समाचार स्रोत :