Follow us: Youtube Android App
भिजिट भिसामा मानव तस्करी
२३ फागुन २०७९

काठमाडौँ — विदेश जान एक पैसा पनि खर्च हुँदैन । राहदानी बनाउनेदेखि गन्तव्य मुलुकमा नपुगुन्जेल एजेन्टले नै व्यवस्था गर्छन् । काठमाडौंमा बस्ने खानेको पनि चिन्ता लिनु पर्दैन ।

एकैपल्ट आफूलाई चाहिने सामान बोकेर विमानस्थल पुगे हुन्छ । यस्तै प्रलोभनमा परेकी सिन्धुपाल्चोक जलवीरेकी २९ वर्षीया सीता (नाम परिवर्तन) साना परिवारसँग बिदा भएर खादा, फूलमाला लगाएर गत साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् ।

एजेन्टले दुबई जाने भिसासहित आवश्यक कागजात विमानस्थलमै ल्याएर छाडिदिए । भित्र छिर्ने बेला प्रहरीले केरकार गर्‍यो, गन्तव्य मुलुक सोध्यो । एजेन्टसँग भएको कुराकानीकै आधारमा उनले एक महिनाका लागि दुबई भ्रमणमा निस्किएको बताइन् । ‘ढाँट्ने कुरा थिएन, घरायसी कामका लागि कुवेत जाने भनें, कागजात नमिलेको भनेर प्रहरीले राहदानी लिएर मलाई फिर्ता पठाइदिनुभयो,’ उनले भनिन्, ‘त्यो दिन मजस्ता धेरै दिदीबहिनीलाई यसरी नै फकाईएको थियो ...

समाचार स्रोत :