Follow us: Youtube Android App
सुडानमा सेना र अर्धसैनिक बलबीच भीषण भिडन्त, मुख्य केन्द्रहरू नियन्त्रणमा लिएको दुवै पक्षको दाब
३ बैशाख २०८०

सुडानको सेना र एउटा ‘कुख्यात’ अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ जारी रहँदा हालसम्म कम्तीमा तीन जनाको ज्यान गइसकेको छ।

त्यहाँ नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद जारी छ।

भिडिओहरूमा खार्तुम विमानस्थलमा एउटा गैरसैनिक विमानमा आगो लागेको देखाइएको छ। साउदी एयरलाइन्स साउदीआले आफ्नो एयरबस विमान "दुर्घटना"मा परेको बताएको छ।

अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले विमानस्थल र अन्य प्रमुख केन्द्रहरू नियन्त्रण गरेको बताएको छ तर सेनाले त्यसलाई अस्वीकार गर्दै सैन्य जेटहरूले आरएसएफको आधार क्षेत्रमा प्रहार गरिरहेको जनाएको छ...

समाचार स्रोत :