Follow us: Youtube Android App
कोभिड-१९ को 'विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त' भएको डब्लूएचओको घोषणा
२३ बैशाख २०८०

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ को 'विश्वव्यापी स्वास्थ्य संकटकाल' समाप्त भएको घोषणा गरेको छ । डब्लूएचओले तीन वर्षअघि कोभिड-१९ लाई 'विश्वव्यापी स्वास्थ्य संकटकाल' घोषणा गरेको थियो ।

डब्लूएचओले जनवरी ३०, २०२० मा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।

'ठूलो आशाका साथ म कोभिड-१९को विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गर्दछु,' डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन् ।

'हिजो, आपत्कालीन कमिटीको १५औं बैठक बस्यो र त्यसले मलाई विश्वव्यापी चासोको सार्वजनिक स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्न सिफारिस गरेको थियो । मैले त्यो सल्लाहलाई स्वीकार गरेँ । त्यसअनुसार ठूलो आशाको साथ म कोभिड १९ विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्दछु,' उनले भने । तर उनले उच्च तहको खतरा सतर्कता हटाउनुको अर्थ जोखिम सकिएको भन्ने भने नभएको बताए । 'परिस्थितिमा परिवर्तन भए संकटकालीन अवस्था पुन:स्थापित हुन्छ,' उनको भनाइ छ ...

समाचार स्रोत :